ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

संस्कार क्रिकेट लिग : सुदूरपश्चिम होस्टेल र वेष्टर्न एकेडेमी विजयी

मङ्गलबार ०२, बैशाख २०८२ ०६:०२

धनगढी । कैलालीको धनगढीमा जारी ‘टिम ११ संस्कार क्रिकेट लिग टि–२० खुल्ला क्रिकेट प्रतियोगीता’मा आज भएका खेलमा सुदूरपश्चिम होस्टेल र नेपाल वेष्टर्न एकेडेमी विजयी भएक छन् । मंगलबार भएको पहिलो खेलमा सुदूरपश्चिम होस्टेलले क्याम्ब्रिज स्कुललाई ९३ रनको फराकिलो अन्तरले पराजित ग¥यो । 

सुदूरपश्चिम होस्टेलले दिएको १६२ रनको लक्ष्य पछ्याएको क्याम्ब्रिज १४.५ ओभरमा ६८ रनमा समेटियो । उसका लागि रविन रावलले २२ र प्रकाश माझीले १४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । सुदूरपश्चिम होस्टेलका निरज ऐर र सौर्य श्रेष्ठले २–२ विकेट लिए । 

त्यसअघि धनगढीको फाप्ला मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम होस्टेलले २० ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनाएको थियो । उसका लागि विशाल बिष्टले ३८, अशोक बिष्टले २३ तथा राजेश ऐर, राजु रिजाल र दीपक चन्दले समान १७–१७ रन बनाए । क्याम्ब्रिजका रविन भण्डारी र दीपक शाहीले ३–३ विकेट लिए भने दीपेश जैशीले २ विकेट लिए । 

आजै भएको दोस्रो खेलमा नेपाल वेष्टर्न एकेडेमीले उत्तर त्रिशुल टिमलाई ३४ रनले पराजित गरेको छ । वेष्टर्नले दिएको १४१ रनको लक्ष्य पछ्याएको उत्तर त्रिशुल २० ओभरमा ११६ रनमा अलआउट भयो । उसका लागि विशाल बिकले ४५ र विशाल खड्काले २७ रन बनाए । वेष्टर्नका सुनील सिंहले ४, शाहिल श्रेष्ठले ३ र अविशेक कुँवरले २ विकेट लिए । 
त्यसअघि फाप्ला मैदानमा टस जितेर ब्याटिङ रोजेको वेष्टर्नले १९.३ ओभरमा सबै विकेट गुमाएर १४० रन बनाएको थियो । उसका लागि शाहिल श्रेष्ठले ५० रनको अविजित पारि खेले । आर्यन दानपालीले ३८ रन बनाए । उत्तर त्रिशुलका अनुप छेडालले ४, विशाल बिकले ३ र विशाल खड्काले २ विकेट लिए । 

गोदावरी नगरपालिका–८ स्याउले बजारमा रहेको संस्कार विद्याश्रम मण्टेश्वरी स्कुलको आयोजनामा सुरु भएको प्रतियोगीताको मुख्य प्रायोजक टिम ११ रहेको छ । वैशाख ८ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा १३ टोली सहभागी छन् । प्रतियोगीतामा विजेता टोलीले नगद एक लाख ११ हजार र उपविजेता टोलीले ५५ जहार ५ सय प्रदान गरिने प्रतियोगिताका निर्देशक रामचन्द्र शाहीले बताए । 

प्रतिक्रिया