काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको चार दिने औपचारिक चीन भ्रमणको कार्यतालिका सार्वजनिक गरिएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओलीले आगामी साता सोमबारदेखि बिहीबार ९१७ देखि २० मंसिर०सम्म चीन भ्रमण गर्ने कार्यक्रम छ । नेपाल र चीनका परराष्ट्र मन्त्रालयले भ्रमण कार्यतालिका सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री भएपछि ओली पहिलो औपचारिक विदेश भ्रमणमा जान लागेका हुन् । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण तथा ३२ सदस्यीय भ्रमणटोली बिहीबार स्वीकृत गरिसकेको छ ।
प्रधानमन्त्री ओली सोमबार बेइजिङ पुग्ने कार्यतालिका छ । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता तथा चिनियाँ समकक्षी लीसँग औपचारिक वार्ता मंगलबार गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमण कार्यतालिकाअनुसार प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजसहित औपचारिक वार्ता हुने कार्यक्रम छ । मंगलबारै नेपाल–चीनबिच विगतमा घोषणा भएका परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुनेछ ।
प्रतिक्रिया