ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अत्तरियामा पुरुष मृत फेलाः श्रीमती जिस्काएको झोकमा हत्या !

बुधबार ०३, बैशाख २०८२ ११:५४

धनगढी । कैलालीको अत्तरियामा मृत फेला परेका ३५ वर्षीय जगदीश कैनीको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । 

हत्या अभियोगमा दुई जना पुरुष र एक महिला पक्राउ परेका हुन् । उनीहरुमध्ये शारीरिक अपांगता भएका पुरुष र महिला एकअर्कालाई श्रीमानश्रीमतीका रुपमा चिनाउने गर्दै आएका थिए । प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा उक्त राति पक्राउ परेकामध्ये अपांगता भएका ती पुरुष मन्दिरभित्र प्रवेश गरेर केही समयमा फर्किएको देखिन्छ ।

उनैले प्रहरीलाई कैनीले आफ्नो श्रीमतीलाई जिस्काएको भन्दैको हत्या आफैँले गरेको बयान पनि दिएका छन् । तर, उनको बयानअनुसार सबुत प्रमाण नमिलेपछि प्रहरीको भने हत्यामा अन्य व्यक्तिको संलग्नता हुनसक्ने भन्दै अनुसन्धान गरिरहेको छ । 

हत्या गरिएको अवस्थामा मृत फेला परेका कैनी सडक पेटीमा बस्दै आएका व्यक्ति भएको पाइएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–७ स्थायी घर भएका कैनी केही वर्षदेखि सडक पेटीमै बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।

राति अत्तरियाकै दुर्गा मन्दिर परिसरमा सुतेकै अवस्थामा कैनीको हत्या भएको प्रहरी अधिकारी बताउँछन् ।

प्रतिक्रिया