ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पूर्वमुख्यमन्त्री रावलले फिर्ता गरे कानुनविपरीत प्रयोग गर्दै आएको गाडी

बिहिबार ०४, बैशाख २०८२ ०७:४१

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले कानुन विपरीत प्रयोग गर्दैै आएको सरकारी गाडी फिर्ता गरेका छन् ।

पूर्वमुख्यमन्त्री समेत रहेका रावलले बुधबार आफूले प्रयोग गर्दै आएको गाडी प्रदेश सरकारलाई नै फिर्ता गरेको बताएका हुन् ।

उनी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सुपप्र ०१–००१ झ ३१८ नम्बरको उक्त गाडी प्रयोग गरिरहेका थिए ।

मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ मा मुख्यमन्त्रीलाई दुई, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री एक/एकवटा सवारीसाधन उपलब्ध गराउने व्यवस्था छ ।

यस्तै प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी पहिलो संशोधन ऐन २०७९ मा सभामुख, उपसभामुख, विषयगत समितिका सभापति, प्रमुख प्रतिपक्ष दलका नेता, सत्तापक्षका प्रमुख सचेतक र सचेतक, विपक्षी दलको प्रमुख सचेतकलाई प्रदेशसभाले सवारीसाधन सुविधा उपलब्ध गराउने व्यवस्था छ । 

पूर्वमुख्यमन्त्री र सत्तापक्षका दलका नेतालाई प्रदेश सरकार र प्रदेशसभाबाट सवारीसाधन उपलब्ध गराउने कानुनी व्यवस्था छैन । कानुनविपरीत गाडी सुविधा लिएको भन्दै पूर्वमुख्यमन्त्री रावलको आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया