ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली ५ मा मुक्तकमैया शिविरबाट सुरु गरे आलेले घरदैलो

आइतबार १८, माघ २०८२ ०६:०४

धनगढी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का कैलाली क्षेत्र नं. ५ का उम्मेदवार प्रेमबहादुर आलेले मुक्तकमैया शिविरबाट घरदैलो अभियान सुरु गरेका छन् ।

धनगढी उपमहानगरपालिका–१ स्थित मुक्तकमैया शिविरबाट उम्मेदवार आलेले प्रतिनिधि सभा सदस्य पदका लागि भोट माग्न घरदैलो अभियान सुरु गरेका हुन् । पूर्वमन्त्रीसमेत रहेका आलेले नेकपाका नेता कार्यकर्ताको सहभागितामा घरदैलो सुरु गरेका छन् । घरदैलो सुरु गर्दै उनले यस क्षेत्रको समग्र विकासका लागि आफू प्रतिवद्ध रहेको बताए ।

उनले खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका समस्या समाधानमा विशेष जोड दिने प्रतिवद्धता व्यक्त गरे । विकास निर्माण लगायतका काम गरेकै कारण तीन पटक लगातार निर्वाचन जितेको बताउँदै यस पटक पनि जनताले आफूलाई साथ दिने विश्वास व्यक्त गरे ।

चुनावी गतिविधिलाई तीब्र बनाउँदै लगेका आलेले यसअघि निर्वाचन क्षेत्र भित्रका सबै वडाहरुमा निर्वाचन परिचालन सचिवालय स्थापनासँगै पार्टीका आन्तरिक बैठकहरु सम्पन्न गरिसकेका छन् ।

डोटीबाट २०७० सालको संविधान सभा, ०७४ सालको प्रतिनिधि सभा सदस्य र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका आले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली–५ बाट उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया