कैलाली । कैलालीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख ३३८५ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ मा बिहीबार बिहान दुर्घटना भएको हो ।
बसले सुप–प्र ०१००२ त ४६४० नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा सन्तुलन गुमाउँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कवीन्द्रसिंह बोहराले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका १३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए । डीएसपी बोहराका अनुसार सात जनाको अवस्था मध्यम र छ जनाको सामान्य छ ।
प्रतिक्रिया