धनगढी । सुदूरपश्चिम प्रदेशको कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पाएका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाह एक साताका लागि भारत भ्रमणमा जाने भएपछि कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी थापालाई दिइएको हो ।
थापालाई २२ बैशाखसम्मका लागि कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री शाहले जानकारी दिए ।
मुख्यमन्त्री शाह नेतृत्वको टोली आज भारत भ्रमणमा जाँदै छ । भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलको नेता घनश्याम चौधरी, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक नरेशकुमार शाही, माओवादी केन्द्रका प्रदेशसभा सदस्य झपट साउद लगायतका १० जना सहभागी छन् ।
भारत भ्रमणका क्रममा उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ तथा केही मन्त्रीसंग भेट्ने कार्यक्रम तय भएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया