ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

स्वामीकार्तिक उपनिर्वाचन : अहिलेसम्म १२ सय मत खस्यो, सुरक्षा व्यवस्था कडा

आइतबार १६, मङि्सर २०८१ ११:५१

धनगढी । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्षका लागि आइतबार बिहान ७ बजेदेखि मतदान जारी छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनसार अहिलेसम्म १२ सय मत खसेको छ । मतदान शान्तिपूर्ण रुपमा भइरहेको भट्टले जानकारी दिए । 

त्यहाँ सात हजार ६० मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउँने छन् । गाउँपालिका उपाध्यक्षका लागि तीन जना उम्मेदवार छन् । एमालेबाट सुलोचनाकुमारी भण्डारी, नेपाली कांग्रेसबाट पुल्तीसरा शाही र एकीकृत समाजवादीबाट जवा शाही चुनावी मैदानमा उत्रिएका छन् ।
०७९ सालको स्थानिय निर्बाचनमा नेपाली काँग्रेशबाट मैना जोशीले  एक हजार ८ सय १० मतप्राप्त गरी बिजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी  नेकपा एमालेकी सुलोचना बुढाले एक हजार ६ सय ३७ मत प्राप्त गरेकी थिइन् । 

यस्तै, स्वामीकार्तिकमा मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी रविन्द्र केसीले जानकारी दिए । उनका अनुसार त्यहाँ प्रहरी उपरीक्षक (एसपी) सरोज पौडेलको नेतृत्वमा पाँच सय प्रहरी खटाइएको छ।  
 

प्रतिक्रिया