ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
सर्वोच्चले आधिकारिक पत्र लेखेपछि थुनामुक्त

'अनधिकृत पत्र'ले रेशमलाई पाँच घण्टा थुनायो

बुधबार १७, बैशाख २०८२ ०६:५१

धनगढी । सर्वोच्च अदालतका एक जना कर्मचारीले लेखेको अनधिकृत पत्रका कारण नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले झण्डै पाँच घण्टा थुनामा बस्न बाध्य भएका छन् । सर्वोच्च अदालतका सह रजिष्ट्रार तथा प्रवक्ता अच्युत कुईंकेलले चौधरीलाई पक्राउ गर्न भनि पठाएको पत्र अनधिकृत रहेको बताउँदै सो पत्रकार कार्यान्वयन नगर्न भनी प्रहरीलाई पत्र पठाएपछि चौधरी थुनामुक्त भएका छन् ।

बुधवार शाखा अधिकृत महिमान सिंह विष्टले रेशमलाई पक्राउ गरेर थुनामा राख्न कारागार कार्यालय डिल्लीबजारलाई सम्बोेधन गरेर पत्राचार गरेका हुन् । प्रहरी महानिरीक्षकलाई बोधार्थ दिइएको पत्रको आधारमा काठमाडौँका एसएसपी विश्व अधिकारीले आधिकारीकता समेत नबुझिकन चौधरीलाई पक्राउ गर्न प्रहरी परिचालन गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी प्रह्लाद कार्की नेतृत्वको टोलीले उनलाई पक्राउ गरेर डिल्लीबजारमा बुझाएको थियो । १२ बजेर ५० मिनेटमा पक्राउ परेका चौधरी झण्डै ५ घण्टापछि कारागारबाट छुटेका छन् ।

पत्राचार गर्ने अधिकृत विष्टलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । सर्वोच्चका प्रवक्ताले पत्रबारे भनेका छन्, ‘अनधिकृत रुपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रक्रिया शुरु गरिएको छ ।’

नाउपा र जनमत पार्टीको बिचमा आयोजित एकता घोषणा सभामा जाँदै गरेका चौधरी कमलादी स्थित गणेशस्थानबाट पक्राउ परेका हुन् । चौधरीको गिरफ्तारीसँगै कमलादी स्थित प्रज्ञा भवनमा आयोजित एकता घोषणा सभा नै बिथोलिएको थियो ।

चौधरीलाई माफी दिने राष्ट्रपतिको निर्णय विरुद्ध परेको रिटबारे फैसला नहुँदै विष्टले २०८० जेठ २ मा भएको फैसलालाई आधार मानेर पत्र लेखेका थिए ।

उनको कैद माफी मिनाहा बिरुद्ध परेको रिट सर्वोच्चमा बिचाराधीन छ ।

प्रतिक्रिया