ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिला पक्राउ, दुई प्रहरी निलम्बन

सोमबार १५, बैशाख २०८२ १०:०६

धनगढी । जिल्ला सरकारी वकिल कार्यालय कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ । ५० वर्षीया मिना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

कार्यालय प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टका अनुसार आज बिहान पक्राउ परेकी मिनालाई अहिले कैलाली ल्याउन लागिएको छ । ४ वैशाखमा मानव बेचबिखन मुद्दामा पक्राउ परेकी मिनालाई इलाका प्रहरी कार्यालय टीकापुरले म्याद थपका लागि आइतबार सरकारी वकिलको कार्यालयमा पुगाएको थियो । सोही क्रममा उनी हतकडीसहित फरार भएकी थिइन् । 

जिल्ला प्रहरी प्रमुख एसपी बिष्टले उक्त घटनामा कमजोरी गरेको भन्दै दुई जना प्रहरीलाई निलम्बन गरिएको छ । ‘इलाका प्रहरी कार्यालय टीकापुरले सिफारिस गरेपछि प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको छ,’ एसपी बिष्टले भने । 

मिनामाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग छ ।
 

प्रतिक्रिया