धनगढी । सुदूरपश्चिम प्रदेशमा कार्यरत १० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले देशभर एक सय २१ डीएसपीको सरुवा गर्दा सुदूरपश्चिममा कार्यरत १० जना पनि परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराको इलाका प्रहरी कार्यालय राजापुर बर्दिया सरुवा भएको छ । उनको स्थानमा प्रहरी प्रधान कार्यालयबाट राजकुमार सिंह आउने भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत डीएसपी उमेश जोशीको पश्चिम नवलपरासी सरुवा भएको छ । उनलाई काजमा नेपाल प्रहरी प्रधान कार्यालय आतंकवाद प्रतिरोध संयन्त्र सचिवालय काठमाडौं पठाइएको छ । उनको स्थानमा इलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट सागर बोहरा आउने भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय बजेट शाखामा कार्यरत कमलराज पण्डितको गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ । उनको स्थानमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट सुर्यबहादुर बोगटी आउने भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दरबन्दी भई इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत डीएसपी गंगाबहादुर थापाको गण्डकी प्रदेश प्रहरी गणमा सरुवा भएको छ । उनको स्थानमा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दीपायलबाट सरुवा भएका रणबहादुर चन्द मालाखेतीमा आउने भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत डीएसपी भीमलाल भट्टराईको नेपाल प्रहरी विशेष सुरक्षा गण सुनबल सरुवा भएको छ । डोटीमा भने नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरमा कार्यरत दीपेन्द्रकुमार पाल जाने भएका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरमा भने काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणबाट आयुशप्रसाद जोशी आउने भएका छन् ।
यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रहरी नायब महानिरीक्षकको सचिवालयमा कार्यरत डीएसपी सुरजबहादुर खड्काको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दीपायल सरुवा भएको छ । उनको स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कमलकुमार खड्का आउने भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत डीएसपी दिलिपकुमार गिरीको सर्वोच्च/विशेष अदालत समन्वय तथा सुरक्षिा प्रहरी इकाइ काठमाडौं सरुवा भएको छ । उनको स्थानमा राष्ट्रिय सुरक्षा परिषद्बाट इकबाल हवारी आउने भएका छन् ।
नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत बीरदत्त पन्तको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी सरुवा भएको छ । उनको स्थानमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट दयाकृष्ण भट्ट आउने भएका छन् ।
प्रतिक्रिया