काठमाडौं । सर्वोच्च अदालतबाट पठाइएको नक्कली पत्रका आधारमा पक्राउ परेका रेशम चाैधरी रिहा भएका छन् । प्रहरीले बुधबार दिउँसो चाैधरीलाई प्रज्ञा भवनबाट पक्राउ गरी डिल्लीबजार कारागारमा बुझाएको थियो ।
तर रेशमलाई पक्राउ गरी थुनामा राख्नू भनी गएको पत्र नक्कली भएको भन्दै रिहा गरिदिन सर्वोच्चले अर्को पत्र पठाएपछि उनी रिहा भएका हुन् ।
रेशमलाई लिन श्रीमती रञ्जीता श्रेष्ठसहित नाउपा र जनमत पार्टीका नेताहरू कारागार पुगेका थिए । आज नाउपा र जनमतको एकता घोषणा हुनुअघि रेशमलाई प्रहरीले पक्रेको थियो । उनी पक्राउ परेपछि एकता घोषणा स्थगित भएको थियो ।
प्रतिक्रिया