धनगढी । कैलालीमा प्रहरीको थुनुवामा रहकी एक महिला हतकडीसहित फरार भएकी छन् । म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाइएकी ५० वर्षीया मिना शाही दमाई हतकडीसहित फरार भएकी हुन् । मिनालाई इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दामा पक्राउ गरेको थियो ।
बैशाख ४ गते पक्राउ परेकी मिनामाथि अनुसन्धान गर्न पहिलोपटक ५ गते १० दिनको म्याद थप गरिएको थियो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकीका अनुसार फेरि म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाइएकी मिना फरार भएकी हुन् ।
उनको खोजी भइरहेको प्रहरीले डीएसपी बुढाथोकीले जानकारी दिए । उनीमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग छ ।
प्रतिक्रिया