ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा दुई मोटरसाइकल ठोक्किंदा एकजनाको मृत्यु, तीन घाइते

बिहिबार १८, बैशाख २०८२ ०८:५२

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु । अन्य तीन घाइते भएका छन् । 

जिल्लाको जानकी गाउँपालिका–३ स्थित वडा कार्यालयअगाडि से ५ प २६६० र सुपप्र ०१–०१२ प ८०७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा जानकी गाउँपालिका–८ बस्ने १९ वर्षीय राकेश परियारको मृत्यु भएको छ । उनको सेवा नर्सिङ होम नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी से ५ प २५६० नम्बरको मोटरसाइकलका चालक हुन् ।  

अर्का मोटरसाइकल चालक ४५ वर्षीय पुष्कर शाही, मोटरसाइकल पछाडि सवार १३ वर्षीया प्रिन्सी शाही र १८ वर्षीय कमल रावल घाइते भएका छन् । घाइतेमध्ये पुष्कर शाहीको अवस्था गम्भीर रहेको र उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य दुई घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया