धनगढी । कैलालीमा स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भजनी नगरपालिका–७ स्थित गणेशमान चोकमा स्करपियोले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।
भारतीय नम्बर प्लेट युपी ३१ एयु ७३२० भएको मोटरसाइकल चलाइरहेका २० वर्षीय कुलदीप धोवीलाई बाँके कोहलपुर नगरपालिका–२ निवासी ४३ वर्षीय शेरबहादुर विश्वकर्माले चलाएको बीएबी ४५९२ नम्बरको स्करपियोले ठक्कर दिएको हो ।
गम्भीर घाइते भएका धोवीलाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
प्रतिक्रिया