ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र उत्तरप्रदेशका मुख्यमन्त्री योगीबीच भेटवार्ता

सोमबार २२, बैशाख २०८२ ०२:५७

धनगढी । भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ । सोमबार लखनउस्थित मुख्यमन्त्री योगीको सरकारी निवासमा भेटवार्ता भएको हो । 

सामाजिक सञ्जालमा उत्तरप्रदेशका मुख्यमन्त्री योगीले सुदूरपश्चिमका मुख्यमन्त्री शाह नेतृत्वको प्रतिनिधि मण्डलसंग शिष्टाचार भेट भएको बताएका छन् । भेटवार्तामा दुबै मुख्यमन्त्रीबीच आपसी हित, विकास निर्माणमा सहकार्य तथा सुदूरपश्चिम प्रदेशको विकास निर्माणमा भारतीय सहयोगबारे छलफल भएको बताइएको छ । 

बैशाख १६ गतेदेखि भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली आज सडक मार्ग भएरै स्वदेश फिर्ता हुँदै छ । मुख्यमन्त्री शाह नेतृत्वको टोलीले यसअघि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र विभिन्न विभागीय मन्त्रीहरुसँग भेटवार्ता गरिसकेका छन् । 

प्रतिक्रिया