बाजुरा । बाजुराको् बुढीगङ्गा नगरपालिकाले ‘कचहरी’ आयोजना गरेको छ । शनिबार सुरु भएको कचहरीको सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरे ।
तीन दिनसम्म सञ्चालन हुने कचहरीमा बाजुराबाट प्रतिनिधित्त्व गर्ने संघ, प्रदेश, स्थानीय तहका जनप्रतिनिधि, सुदूरपश्चिम प्रदेशको नीति आयोग, विकासे संस्थाका अगुवाको सहभागिता छ ।
नगर प्रमुख रामबहादुर बाँनियाले विकासका लागि कचहरी आयोजना गरिएको बताए । उनका अनुसार कचहरीले राजनीतिक दललाई एकताबद्ध पनि बनाएको बताए ।
बुढीगङ्गाको कचहरीमा शिक्षा तथा मानव संसाधन, स्वास्थ्य सरसफाई तथा स्वच्छता, कृषि तथा पशुपालन, प्राकृतिक स्रोत, पर्यटन, विकास र विपद्, भौतिक पूर्वाधार, सूचना प्रविधि, सुशासन, सामाजिक अभियान, तथा सशक्तिरण बारे अवधारणा पत्र प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया