बाजुरा । बाजुरा कारागार खाली गरिएको छ । जीर्ण भवनको स्थानमा नयाँ भवन निर्माण हुने भएपछि कारागार खाली गरिएको हो ।
त्यहाँ रहेका कैदीबन्दीलाई नेपालगञ्ज र अछाम सरुवा गरिएको छ । १८ जना थुनुवालाई अछाम र ४९ जना कैदीबन्दीलाई नेपालजञ्ज पठाएको हो ।
यसअघि सहरी विकास डोटी र भवन निर्माणको जिम्मेवारी लिएका ठेकेदार कम्पनीले कारागार खाली गर्न पत्राचार दिएको थियो ।
त्यसै पत्रको आधारमा कारागार बाजुराले पनि जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्राचार गरेको हो । त्यसपछि जिल्ला प्रशासनले त्यहाँका कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरणका लागि कारागार व्यवस्थापन विभाग काठमाडौँलाई पत्र पठाएको थियो ।
यतिबेला कारागार विभाग व्यवस्थापन काठमाडौँले सो पत्रचारको आधारमा त्यहाँका कैदीबन्दीलाई नेपालगञ्ज सुरुवा गर्न अनुमति दिएपछि बाजुराका सबै कैदीबन्दीलाई नेपालगञ्ज पठाएको कारागार बाजुराले जनाएको छ ।
प्रतिक्रिया