धनगढी । कैलालीमा गोठमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिका- १० जवलपुर बस्ने ४६ वर्षीय अनिल चौधरीको गोठमा आगलागी हुँदा उनका ७२ वर्षीय बुवा कुक्रु डगौरा थारुको जलेर घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार सोमबार बिहान २ बजेको समयमा चौधरीको २ तले २ कोठे काठले बनेको खरले छाएको कच्ची गोठको माथिल्लो तलामा अचानक आगलागी भएको थियो ।
इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोलीले एक घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया