ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा सार्वजनिक यातायात ठप्प

सोमबार १९, जेठ २०८२ १०:२९

कैलाली । सुदूरपश्चिम प्रदेशमा रहेका यातायात व्यवसायी र मजदुरहरु आन्दोलनमा छन् । गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै सुदूरपश्चिमका यातायात व्यवसायीहरु पनि आन्दोलनमा उत्रिएका हुन् । 

आन्दोलनका कार्यक्रमअन्तर्गत सार्वजनिक यातायात बन्द गरिएको नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिका संयोजक टेकराज जोशीले बताए । ‘हिजोदेखि नै लामो दूरीमा यातायात ठप्प पारिएको थियो,’ जोशीले भने, ‘आजदेखि सबै दूरीमा सार्वजनिक यातायात पूर्ण रुपमा ठप्प पारेका छौं ।’

कतिपय क्षेत्रमा आन्दोलित यातायात व्यवसायीहरुले अटो रिक्सा पनि चल्न दिएका छैनन् । गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारीसाधनले पनि यात्रु ओसारपोसार गर्ने पाउने गरी ऐन ल्याएपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएको सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए । 
 

प्रतिक्रिया