ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पत्रकारको उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गर्न माग

सोमबार १९, जेठ २०८२ १०:३७

धनगढी । नेपाल पत्रकार महासंघ कैलाली शाखाले सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्कालाई मागपत्र बुझाएको छ । आइतबार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवा नेतृत्वमा गएको कैलालीका पत्रकारको टोलीले मन्त्री खड्कासहित मन्त्रालयका सचिव हेमराज रेग्मीलाई संयुक्त रुपमा चार बुँदे मागपत्र बुझाएको हो । 

अध्यक्ष देउवाका अनुसार प्रदेश सरकार मातहतका अस्पतालहरुमा पत्रकारको उपचारमा कम्तीमा ५० प्रतिशत छुट दिने व्यवस्था गर्न माग गरिएको छ ।

यस्तै, पत्रकारहरुका लागि स्वास्थ्य सम्बन्धि क्षमता विकास गर्न तालिम, गोष्ठी सञ्चालन गर्न बजेट विनियोजन गर्नुपर्ने, स्वास्थ्य, शिक्षा, खेलकुदका विषयमा पत्रकारलाई फेलोसिपका कार्यक्रमहरु बजेटमा समावेश गर्नुपर्ने र पत्रकारहरुका लागि स्वास्थ्य तथा दुर्घटना बीमाको लागि रकम विनियोजन गर्नुपर्ने मागपत्रमा उल्लेख छ ।

मागपत्र बुझ्दै मन्त्री खड्काले महासंघले राखेका माग पूरा गर्न सक्दो सहयोग गर्ने बताए । मागपत्र बुझाउने कार्यक्रममा महासंघका पदाधिकारीहरु, जिल्लास्थित पेशागत विभिन्न संगठन प्रेस युनियन कैलालीका अध्यक्ष सीताराम ओझा, प्रेस चौतारी कैलालीका अध्यक्ष जनक बिष्ट, प्रेस सेन्टर नेपाल कैलालीका अध्यक्ष सुरेन्द्र ताम्राकारलगायत गएका थिए । 

प्रतिक्रिया