ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछाममा हावाहुरीले घर र संरचनामा क्षति

सोमबार १९, जेठ २०८२ १०:४८

धनगढी । अछाममा हावाहुरीले घर र संरचनामा क्षति पुर्‍याएको छ । आइतबार साँझ आएको हावाहुरीले पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकामा क्षति पुगाएको अछाम प्रहरी प्रमुख डीएसपी इश्वरीप्रसाद भण्डारीले जानकारी दिए । 

उनका अनुसार पञ्चदेवल विनायक नगरपालिका–२ मा बसोबास गर्ने हवाजै कामीको घर हावाहुरीले क्षति पुगेको छ । बगैँचामा रहेको रुखको हाँगा भाँचिएर शौचालय र सोलार प्यानल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । त्यस्तै सो ठाउँको लेख काडाँगाउँकी पवित्रादेवी धामीको दुई तले चारकोठे कच्ची घरको छाना उडाएको छ ।

पञ्चदेवल विनायक–३ का सिरे कामीको जस्तापाताले छाइएको दुई तले घरको छाना उडाएको छ भने नादीमा बस्ने तप्तराज तिमिल्सेनाको घरमा भने मेलको रुख भाँचिएर घरमाथि खसेपछि घर पूर्ण रूपमा भत्किएको छ।

रामारोशन गाउँपालिका–५, नेटाकोटस्थित यशोदा माविको दुई तले एक कोठे भवनको टिनको छाना उडाएको छ। त्यस्तै, सोही ठाउँका शक्ति बहादुर साउदको गाडी राख्ने ग्यारेजको छानासमेत हावाहुरीले उडाएको छ।

यसैगरी, पञ्चदेवल विनायक–५ का टंकबहादुर शाही, वडा नम्बर ४ का मीनबहादुर बिक, र वडा नम्बर ३ का दानबहादुर कठायत, भरत अधिकारी, र रणबहादुर रावलका घरहरूमा पनि छाना र संरचनात्मक क्षति पुगेको छ । कमल साउँदको जस्तापाताको घर उडाएको छ।

प्रतिक्रिया