ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा डेढ किलो अफिमसहित दुई जना पक्राउ

सोमबार १९, जेठ २०८२ ०२:२५

धनगढी । कैलालीमा डेढ किलोभन्दा बढी अफिमसहित दुई जनालाई पक्राउ परेका छन् । जुम्लाको गुठीचौर गाउँपालिका–४ बस्ने ३८ वर्षीय मेघराज खत्री र जाजरकोटको बारेकोट गाउँपालिका–३ का ३२ वर्षीय भक्तबहादुर शाही पक्राउ परेका हुन् । 

लम्कीचुहा नगरपालिका–३ को चिसापानीमा रहेको प्याराडाइज होटलबाट एक किलो ७०६ ग्राम लागुऔषध अफिमसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

प्रतिक्रिया