धनगढी । सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ २४ र २५ गते सञ्चालन हुने भएको छ । १५औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी छनोट गर्न २४ र २५ गते कैलालीको धनगढीमा प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गरिने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।
खेलकुद परिषद्ले सुदूरपश्चिमका नौ वैट जिल्ला (डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बझाङ, बाजुरा, बैतडी, अछाम र दार्चुला) लाई प्रतियोगितामा सहभागी हुन परिपत्र गरेको छ ।
खेलकुद परिषद्का प्रशासकीय अधिकृत टोपबहादुर बिष्टले हस्ताक्षर गरेको पत्रअनुसार राष्ट्रियस्तरको १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन प्रदेशस्तरीय प्रतियोगिताबाट खेलाडी छनोट गरिने छ । राष्ट्रिय प्रतियोगिता जेठ २८, २९ र ३० गते काठमाडौंमा आयोजना हुने तय भएको छ ।
प्रतिक्रिया