धनगढी । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १८३ रनको लक्ष्य दिएको छ ।
एनपीएलको तेस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ रन बनाएको हो । जारी प्रतियोगितामा यो अहिलेसम्मकै ठूलो स्कोर हो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५७ रन बनाए । दीपेन्द्रले २४ बलमा नटआउट ५७ रन जोडेका हुन् ।
बलिङमा विराटनगरका अनिल खरेलले ३ विकेट लिए ।
प्रतिक्रिया