ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सांसद्लाई योजना बाँड्दै सुदूरपश्चिम सरकार: प्रत्यक्षलाई पाँच र समानुपातिकलाई तीन कराेड

आइतबार २५, जेठ २०८२ ०८:०४

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमा प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिकतर्फका सांसदलाई तीन करोड भाग लगाएर बजेट निर्माणको तयारी गरिरहेको छ । सरकारले यसरी सांसदहरुका लागि दुुई अर्ब २३ करोड बजेट घुुमाउरो बाटोबाट विनियोजन गर्न लागेको हो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा ३२ जना प्रत्यक्ष निर्वाचित र २१ जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद छन् । यस बीचमा समानुपातिक सांसदहरुले पनि आफूहरुले पनि प्रत्यक्ष निर्वाचित सरह पाँच करोड बजेट नै पाउनुपर्ने माग गर्दै आएका थिए । 

हरेक सांसदहरुले आफ्नो भागको बजेट बराबर हुने कूल बजेटमा योजनाको सूची बनाएर सरकारलाई पेश गर्ने भएका छन् । त्यसक्रममा सांसदहरुले चाहे अनुसारका योजना पेश गर्न लागेका छन् । 

चालु आर्थिक वर्ष ०८१/८२ का लागि घुमाउरो बाटोबाट सांसदहरुलाई रकम विनियोजन गरेको थियो । सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक निर्वाचित सांसदलाई दुुई करोड छुुट्याएको थियो ।  जस अनुसार सुदूरपश्चिम सरकारले सांसदहरुका लागि अघोषित रुपमा एक अर्ब ७० करोड विनियोजन गरेको थियो । 

प्रदेश सांसदहरु विगतदेखि नै आफूहरुले बजेट चलाउन पाउनु पर्ने गरि योजना  तथा बजेट विनियोजनको अधिकार प्राप्त नभएको भन्दै गुनासो गर्दै आएका थिए । यस पटक पनि उनीहरु बजेटको निरन्तर लविङमा थिए । विकास निर्माणको योजना छनोट तथा बजेट विनियोजनमा आफूहरु निरीह र अपमानित हुनुपरेको गुनासो उनीहरुले ब्यक्त गर्दै आएका थिए । 

 

प्रतिक्रिया