ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

झोले अभियान लज्जास्पद र कम्युनिष्ट आन्दोलन विरोधीः थापा

आइतबार २५, जेठ २०८२ ११:४४

धनगढी । नेकपा एमाले स्थायी समिति सदस्य कर्ण थापाले एमालेले सामाजिक सञ्जालमा चलाएको झोले अभियानलाई कम्युनिष्ट आन्दोलन विरोधी गतिविधि भनेका छन्

उनले आफ्नै पार्टीले चलाएको झोले अभियानको निन्दा गर्दै अभियानलाई लज्जास्पद र कम्युनिष्ट आन्दोलन विरोधी गतिविधि भन्दै टिप्पण गरेका हुन् । एमाले राजनीतिमा फर्कने तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट थापाले झोले अभियानलाई कम्युनिष्ट आन्दोलन विरोध षड्यन्त्रका रुपमा व्याख्या समेत गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जालमार्फत सुरु गरेको ‘म झोले हो’ भन्ने सो अभियान एमालेको तल्लो तहसम्म पुगेको छ ।

थापाले एमालेमा झोले नभई मूल्य, मान्यता, सिद्धान्त र विचारसहितका निष्ठावान नेता कार्यकर्ताको ठूलो पंक्ति रहेको बताए । सत्ता र शक्तिको वरिपरि बसेका केही मानिसले आफूहरुले गरेका गलत गतिविधि सबै ठीक ठानिरहेको भन्दै थापाले एमाले पंक्तिले उनीहरुलाई नजिकबाट नियालीरहेको उल्लेख गरे ।

सबै मान्छे शक्ति, ओहोदा, पद र प्रतिठाका लागि ज्यान फाल्न तयार छन् भन्ने भ्रमबाट मुक्त हुन थापाले पार्टी नेताहरुलाई चेतावनी दिए ।

‘झोले अभियान लज्जास्पद र कम्युनिष्ट पार्टीभित्र बसेर कम्युनिष्ट आन्दोलनविरुद्ध गरिएको ठूलो षडेयन्त्र हो’, थापाले भने, ‘मूल्य, मान्यता, सिद्धान्त र निष्ठावान एमालेका मर्कठ कार्यकर्ता झोले हुन सक्दैनन् ।’

उनले अप्ठ्यारो अवस्थामा दुःख गरेर पार्टी गोजाउन लागेको विवेकसहितको ठूलो पंक्ति झोले अभियानको पक्षमा नरहेको पनि स्पष्ट गरे ।

प्रतिक्रिया