ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा सहकारीको ११ लाख चोरी : ८ महिनासम्म प्रहरीले पाएन ‘क्लू’

मङ्गलबार १८, मङि्सर २०८१ ०१:०४

डडेल्धुरा । डडेल्धुराको एक सहकारीबाट ११ लाख चोरी भएको ८ महिना पुगेको छ । जिल्लाको परशुराम नगरपालिका–४ कटालमा रहेको शिर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट २०८० चैत २३ गते ११ लाख १३ हजाररुपैयाँ चोरी भएको थियो ।

चोरी भएको ८ महिना पुग्दासमेत चोरीमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । सहकारीका अध्यक्ष बीरेन्द्र बिष्ट प्रहरीले अनुसन्धान फितलो गरेको गुनासो गर्छन् । राजनीतिक हस्तक्षेप र प्रहरीको मिलोमतोमा अनुसन्धान फितलो भएको उनले आरोप छ । 

शंकासपद व्यक्तिको मौखिक रुपमा नाम किटान गरे पनि अनुसन्धान नगरिएको अध्यक्ष बिष्टले बताए । सिसिटिभि फुटेजमा देखिएको दृश्यमा रातिको समयमा दुई जना भित्र पसेको देखिएको छ । यता जिल्ला प्रहरी कार्यालयले भने चोरीमा संलग्नको खोजी कार्य जारी रहेको जनाएको छ । 
 

प्रतिक्रिया