धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले आफैँ अध्यक्ष रहेको संस्थाका लागि प्रतिष्ठानबाटै बजेट विनियोजन गरेका छन् । जोशीले आफैँ अध्यक्ष रहेको कैलाली जनपुस्तकालयलाई प्रज्ञा प्रतिष्ठानकाे आगामी आर्थिक वर्षकाे बजेट सिलिङबाट १० लाख रकम विनियोजन गरेका हुन् ।
कैलाली जनपुस्तकालयमा ई–लाइब्रेरी स्थापना तथा पुस्तक खरिद शीर्षक राखेर प्रज्ञा प्रतिष्ठानले १० लाख बजेट विनियोजन गरेको हो ।
प्रदेश सरकारले बजेट तयारीका क्रममा चार बुँदे मापदण्ड सार्वजनिक गर्दै प्रदेश सरकारले व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी वा सहकारी संस्थाहरूलाई तोकेर बजेट विनियोजन नगर्ने जनाएको थियो ।
तर, उक्त मापदण्डविपरीत जनपुस्तकालयको नाम नै तोकेर प्रज्ञा प्रतिष्ठानले बजेट विनियोजन गरेको छ । आफै अध्यक्ष रहेको संस्थालाई उपकुलपति जोशीले बजेट विनियोजन गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।
प्रतिक्रिया