धनगढी । कैलालीमा एकजना मृत भेटिएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ मृत भेटिएका हुन् ।
जैशी भान्जा नाता पर्ने सोही ठाउँका ५५ वर्षीय बर्मा भण्डारीको घरको आगनमा मृत फेला परेको कैलाली प्रहरीले जनाएको छ ।
मृतकको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन । तर, अनुसन्धानका लागि भण्डारीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।
मृतकको शव भने घटनास्थलबाट उठाइएको छैन ।
प्रतिक्रिया