धनगढी । कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट विशेष महाधिवेशनमा एकजना सहभागी भएका छन् ।
महाधिवेशन प्रतिनिध जनकराज चटौत विशेष महाधिवेशनमा सहभागी भएका हुन् ।
चटौतले पार्टीभित्र आन्तरिक रूपान्तरणको आवश्यकता तीव्र रूपमा महशुस भइरहेको भन्दै अधिवेशनमा सहभागीता जनाएको बताएका छन् ।
उनीसंगै थप एकजना पनि विशेष महाधिवेशनमा सहभागी भएको बताइएको छ । तर, उनको नाम सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया