ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

विषेश महाधिवेशनमा चतुर, भन्छन्- कांग्रेस चार महिना कोमामा थियो

आइतबार २७, पुष २०८२ ०३:४६

नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिना नेपाली कांग्रेस कोमामा रहेको बताएका छन् । उनले विशेष अवस्थाबाट पार्टीले निकास दिन लागेको भन्दै यो अभियानमा साथ दिनेलाई धन्यवाद भनेका छन् । 

उनले इतिहासलाई हेर्दा कांग्रेस देशलाई निकास दिने पार्टी भएको भन्दै समयले अब पाटीलाई जीवन्त बनाउन माग गरेको स्पष्ट पारे । नेता चन्दले पार्टी भित्र लोकप्रिय मात्रै नभई देशमै लोकप्रिय नेतालाई अघि सार्नुपर्ने अवस्था आएको हुँदा विशेष महाधिवेशनबाट नवीन नेतृत्व दिनुपर्ने धारणा राखे ।  

उनले सबैलाई यस अवसरको स्वामित्व लिन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया