काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको नाम दर्ता धमाधम हुँदै छ । विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रदेशगत रूपमा नाम संकलन भइरहेको छ ।
अहिलेसम्म ४८८ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएको जनाइको छ । अहिलेसम्म कोशीबाट ८३, मधेसबाट ८२, बागमतीबाट ६२, गण्डकीबाट ८०, लुम्बिनीबाट १२२, सुदूरपश्चिमबाट ३० र भ्रातृ शुभेच्छुकरजनसम्पर्कबाट २९ प्रतिनिधिले नाम टिपाइसकेका छन् ।
कांग्रेसमा ४७ सय ४३ महाधिवेशन प्रतिनिधि छन् । असोज २९ गते ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग भएको थियो ।
प्रतिक्रिया