ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुराका महिला उद्यमीलाई व्यवसाय हस्तान्तरण

बुधबार १९, मङि्सर २०८१ ०४:११

धनगढी । डडेल्धुराका २५ जना महिला व्यवसायीलाई सहयोग कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका गन्यापधुरा गाउँपालिका र अमरगढी नगरपालिकामा रहेका महिला नेतृत्व मञ्च र युवा संजालमा आवद्ध महिला व्यवसायीलाई सहयोग कार्यक्रम सम्पन्न भएको हो । 

ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुरा र अक्सफाम नेपालको संयुक्त साझेदारीमा सञ्चालित महिला नेतृत्वकर्ताहरुको रुपान्तरित नेतृत्व परियोजनाले महिला उद्यमी व्यवसाय सहयोग कार्यक्रमअन्र्तगत विभिन्न व्यवसायमा संलग्न उद्यमीहरुलाई सहयोग गरिएको हो । 

महिला नेतृत्वकर्ताहरुलाई आर्थिक सशक्तिकरणमार्फत नेतृत्व क्षमता विस्तार र व्यासायिक निरन्तरतालाई बढावा दिन विपन्न, दलित एवं समावेशी प्रक्रियाबाट सहयोग गरिएको रुडुक डडेल्धुराकी अध्यक्ष मानकुमारी थापाले जानकारी दिइन् । 

कार्यक्रमअन्र्तगत २५ जना व्यवसायी महिलाहरुमध्ये १२ जनालाई चार बाख्राका दरले ४८ वटा खरी जातका बाख्रा, एक जनालाई ब्युटीपार्लर व्यवसाय,  एक जनालाई तामाका भाडाकुडा बनाउनका आवश्यक कच्चा पदार्थ र तामा सहयोग गरिएको छ । तीन जनालाई फलामे प्लास्टीक हाउस, एक जनालाई कुखुरा पालन व्यवसायका लागि चल्ला, दाना र आवश्यक भाडाकुडा सहयोग गरिएको छ । दुई जनालाई आवश्यक खुद्रा पसल सम्बन्धि सामग्रीहरु, दुई जनालाई कपडा थान र मेसिन सहयोग, एक जना तरकारी संकलनकर्तालाई संकलन केन्द्रका लागि आवश्यक सामग्री, एक जना अटो व्यवसायी महिलाई अटो संचालन सहयोग र एक जनालाई भैसीपालन सहयोग गरी जम्मा ११ लाख ६५ हजार बरावरको सहयोग गरिएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउदले जानकारी दिए । 
 

प्रतिक्रिया