धनगढी । नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बजेट माथिको छलफलका क्रममा बुुधबार प्रदेश सभा बैठकमा ब्यक्त गरेको अभिब्यक्ति विवादमा परेको छ ।
नेता रावलले बजेट छलफलका क्रममा प्रतिपक्षी दलहरुलाई ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको घर पनि बन्न दिदैन’ भन्ने टिप्पाणी गरेका थिए ।
संसदीय दलका नेता रावलको मन्तब्य सकिनासाथ प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद मानबहादुर धामीले नियमापत्ति गर्दै उक्त अभिब्यक्ति संसदीय मर्यादा र गरिमाको बर्खिलाप भएको भन्दै अभिलेखबाट हटाउन आग्रह गरेका थिए । धामीको नियमापत्ति पछि सभामुख भण्डारीले रावलका अभिब्यक्तिमाथि छानवीन गरी रेकर्डबाट हटाइने बताए ।
प्रतिक्रिया