ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

माधव नेपाललाई 'मरेको सिनो' भनेपछि एसले झाँक्रीलाई सोध्यो स्पष्टीकरण

बुधबार १८, असार २०८२ ०४:०१

नेकपा एकीकृत समाजवादीले स्थायी समिति सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अनुशासन आयोगमार्फत झाँक्रीलाई स्पष्टीकरण सोधिएको हो । 

झाँक्रीले १५ असारमा बुटवलमा आयोजित युवा संघको प्रशिक्षण कार्यक्रमा अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै आलोचनात्मक अभिव्यक्ति दिएकी थिइन् । उनले भनेकी थिइन्, 'कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।' 

झाँक्रीको सोही अभिव्यक्तिबारे पार्टीले स्पष्टीकरण सोधेको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाल पतञ्जलि जग्गा प्रकरणमा मुछिएका छन् ।

 

प्रतिक्रिया