ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सञ्चारिका समूहले मन्त्रालय र सञ्चार गृहलाई बुझायो साझा मागपत्र

बिहिबार २१, मङि्सर २०८१ ०८:१६


धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा धनगढी र टीकापुरका विभिन्न सञ्चार गृहलाई सञ्चारिका समूहले साझा मागपत्र बुझाइएको छ ।

मिडियामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका समस्याको समाधानको लागि साझा मागपत्र बुझाइएको हो । महिला हिंसाविरुद्दको १६ दिने अभियानकै सन्दर्भमा सञ्चारिका समूह केन्द्रको सातै प्रदेशका मन्त्रालय  सञ्चार गृहलाई साझा मागपत्र बुझाउने कार्यक्रमअन्तरगत सञ्चारीका समूह सुदूरपश्चिम प्रदेश समितिका अध्यक्षको अगुवाइमा साझा मागपत्र बुझाइएको हो ।

सञ्चारिका समूह सुदूरपश्चिम प्रदेशका अध्यक्ष चाँदनी आचार्यको नेतृत्वमा धनगढी र प्रदेश उपाध्यक्ष सीता खनालको नेतृत्वमा सचिव गीता चौधरी, निवर्तमान प्रदेश अध्यक्ष दुर्गा देवकोटाले टीकापुरमा मागपत्र बुझाएका हुन् । 

आचार्यको नेतृत्वको टोलीले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीलाई सुदूरपश्चिममा पत्रकारको महिलाको अवस्था र समस्या र चुनौतीका बारेमा जानकारी गराउँदै प्रदेश सरकारले बनाउने सञ्चार नीति तथा कार्यक्रममा समावेश गर्न सुझाव दिइएको छ । 

लैङ्गिक समानता र सामाजिक समावेशीकरण मैत्री सञ्चार गृह बनाउन सुझाव दिँदै  टिकापुर र धनगढीका आधा दर्जन सञ्चार गृहमा मागपत्र बुझाइएको छ । 

अग्रलेख, पश्चिम टुडे, एक्टीभ एफएम, सुदूरपत्र, सामुदायिक रेडियो टिकापुर एफएम, टीकापुर दैनिक लगायतका मिडिया हाउसमा साझा मागपत्र बुझाएको हो । 

मागपत्रमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण मैत्री पूर्वाधार, अनिवार्य लैङ्गिक समानता र  सामाजिक समावेशीकरण संरक्षण नीति कार्यान्वयन, कार्यस्थलको सुरक्षा र सुरक्षा सुनिश्चित गर्ने, प्रतिनिधित्वत्वमा राजनीतिक हस्तक्षेप रोक्नका नीतिको संस्थागत संरचनामा समावेशीकरण, नियामक निकाय र मिडिया क्षमता सुदृढीकरण, प्रदेश सरकारबाट मिडियामा लैङ्गिक समानता नीतिहरूको अवलम्बन, मिडियामा लैङ्गिक उत्तरदायी बजेट छुट्याउनुपर्ने, मिडियामा लैङ्गिक समानता भए नभएकाको अनुगमन, रिपोर्टिङ र जबाफदेही  हुनुपर्ने माग समेटिएका छन् । 

प्रतिक्रिया