काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई दलको नेताबाट हटाउन संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसबाट हाल प्रतिनिधित्व गरिरहेका चार मन्त्रीसहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया