धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले साउन ११ गते सार्वजनिक बिदा दिएको छ ।
राना थारू समुदायले मनाउने तीज पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले एक दिन बिदा दिएको हो ।
कार्यपालिका बैठकको निर्णय अनुसार ११ गते स्थानीय बिदा गरिएको नगरप्रमुख गोपाल हमालद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिकाले पनि तीजको अवसरमा साउन ११ गते सार्वजनिक बिदा दिएको छ।
प्रतिक्रिया