धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बस्दै आएका रानाथारु समुदाय आइतबार तीज मनाइँदै छन् । रानाथारु समुदायका महिलाले आफ्ना दाजुभाइ र भतिजाको दीर्घायुको कामना गर्दै आज तीज मनाइरहेका छन् ।
दिनभरि निराहार व्रत बसेर यो पर्व मनाउने चलन रहेको छ । अन्य समुदायका महिलाले आफ्नो श्रीमानका दीर्घायुका लागि तीज व्रत बस्ने गरे पनि रानाथारु समुदायका महिलाले आफ्ना दाजुभाइ र भतिजाको लामो आयु र सुस्वास्थ्यका लागि व्रत बस्ने गरेका जनाइएको छ ।
रानाथारु तीजको अवसरमा धनगढी उपमहानगरपालिकासहित कैलाली, कञचनपुरका आधा दर्जन पालिकाले स्थानीय सार्वजनिक बिदा दिएका छन् ।
प्रतिक्रिया