ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी पुगेर उर्जामन्त्रीले भने– हामीसंग प्रसस्त विद्युत छ, लोडसेडिङको अफवाह मात्रै हो

मङ्गलबार १३, साउन २०८२ ११:०८

धनगढी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल नेपालमा लोडसेडिङको अवस्था नरहेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । 

‘गर्मीको समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ,’ उनले भने, ‘बर्सातका बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन् । मर्मत गर्न केही समय लाग्छ । कहिल्यै एक दिन पनि लाग्ने अवस्था देखिन्छ । यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था पनि छ ।’

मन्त्री खड्काले अहिले देशमा लोडसेडिङको अवस्था नरहेको बताए । ‘हामीसंग प्रसस्त विद्युत छ, निर्यात पनि गरिरहेका छौं,’ उनले भने, ‘हिउँदमा नपुगेको विद्युत आयात गरेर उपभोक्तालाई उपलब्ध गराउँछौं । बर्सातमा निर्यात गर्दै आएका र्छाैं ।’

प्रतिक्रिया