धनगढी । कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिसर टिकटक र सेल्फीस्पट बनेको छ । विज्ञान विश्वविद्यालय सञ्चालनका लागि बनाइएका अधिकांश संरचना प्रयोगविहीन रहेको अवस्थामा परिसर क्षेत्र भने टिकटक र सेल्फीस्पट बनेको हो ।
टिकटक बनाउन र फोटो खिच्नका लागि स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिसरमा दैनिक सयौं व्यक्ति पुग्ने गरेका छन् । टिकटक बनाउने र फोटो खिच्नको लागि भीडभाड हुन थालेपछि गेटा अस्पतालले अनावश्यक भीड नगर्न आग्रह गरेको छ ।
अस्पतालक निमित्त निर्देशक डा. होमप्रसाद पन्तले सूचना जारी गर्दै अनावश्यक भीडले अस्पतालको वातावरण र सुरक्षा व्यवस्थालाई समेत बाधा परिरहेको जनाएका छन् । अस्पताल परिसरभित्र बिना अनुमति सामाजिक सञ्जाल टिकटक र फोटो खिच्ने कार्य नगर्न पन्तले आग्रह गरेका छन् ।
प्रतिक्रिया