ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पूर्वाधार विकास कार्यालय कञ्चनपुरको भवन उद्घाटन

शुक्रबार १६, साउन २०८२ ०५:४६

धनगढी । पूर्वाधार विकास कार्यालय कञ्चनपुरको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले भवनको उद्घाटन गरेका हुन् ।

प्रदेश सरकारले धनगढीको सहरी विकास तथा भवन निर्माण कार्यालयमार्फत भवनको निर्माण गरेको थियो । चार करोड ९६ लाख ३८ हजार लागत रहेको भवन चार करोड ३७ लाखमा निर्माण गर्न ठेक्का सम्झौता भएको थियो ।

८ मंसिर २०७९ मा ठेक्का पाएको जेभीलाई २०८२ बैशाख ३० सम्म कार्य सम्पन्न गर्नुपर्ने अवधि थियो । भवन निर्धारित समयमै सम्पन्न गरेर पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरिएको हो । 

प्रतिक्रिया