ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरका सिडिओ फेरिए, कोइराला आउने

शुक्रबार ११, पुष २०८२ ०४:०३

धनगढी । गृह मन्त्रालयले कञ्चनपुरसहित छ जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं १३ जना सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुको सरुवा गरेका हुन् ।

जसअनुसार कञ्चनपुरका सिडिओ लक्ष्मण ढकालको जिल्ला प्रशासन कार्यालय इलाम सरुवा गरिएको छ । उनको स्थानमा गृहबाट मदन कोइरालालाई पठाइएको छ ।

यस्तै मन्त्रालयले केही समयअघि विभिन्न मन्त्रालयबाट सरुवा भएर गृह मन्त्रालय तानेका सात जना सहसचिवमध्ये छ जनालाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । 

प्रतिक्रिया