ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मङ्गलबार २०, साउन २०८२ ०६:११

धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको शुक्लाफाटा नगरपालिका–११ बनरापुलमा मोटरसाइकल दुर्घटना हुँदा शुक्लाफाटा नगरपालिका– पिताम्बर बस्ने ४४ वर्षीय गजेन्द्रबहादुर कुँवरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुपप्र ०२–००३ प ४८६० नम्बरको मोटरसाइकलमा धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गर्दा आफैँ अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको थियो ।

‘दुर्घटनामा गम्भीर घाइते भएका चालक कुँवरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले भने । 
 

प्रतिक्रिया