ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछाममा अज्ञात रोगले धमाधम मर्न थाले भेडा, किसान चिन्तित

बुधबार २१, माघ २०८२ ०१:३४

धनगढी । चरिचरणको लागि बाजुराबाट अछाम पुगाइएका भेडा धमाधम मर्न थालेकाछन् । बाजुराको स्वामीकार्तिक गाउँपालिका जुकोटबाट अछामको बाब्ला क्षेत्रमा पुगाइएका भेडा मर्न थालेका हुन् । 

अहिलेसम्म तीन जना किसानका ३६ वटा भेडा अज्ञात रोगका कारण मरिसकेका छन् । रवि सिंहका २०, दसरथ महतारका नौ र धनवहादुर बुढाका सात गरी ३६ भेडा मरेका हुन् ।

भेडा पालक किसान सिंहका अनुसार बाब्ला क्षेत्रमा चरिचरणका लागि तीन सय भेडा पुगाइएको थियो । अज्ञात रोगले भेडा मर्न थालेपछि चिन्तित बनाएको सिंहले बताए । 

गतवर्ष पनि अज्ञात रोगकै कारण भेडा मरेका थिए ।

प्रतिक्रिया