ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

महाकालीमा पानीको बहाब घट्यो, शारदा ब्यारेजमा आवागमन खुला

बिहिबार २२, साउन २०८२ ०३:५४

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाब घटेपछि शारदा ब्यारेजमा आवागमन खुला गरिएको छ ।

पानीको बहाब घटेसंगै ब्यारेज चार पाङ्ग्रे सवारीसाधनका लागि खुला गरिएको हो ।

मंगलबारदेखि नदीमा पानीको बहाव बढेपछि चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको हो ।

बिहीबार ११ बजेपछि शारदा ब्यारेजको पुल चारपाङ्ग्रे सवारीसाधनका लागि खुला गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया