ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा अटो आपसमा ठोक्किँए, एकजनाको मृत्यु

शुक्रबार २३, साउन २०८२ ०२:२५

धनगढी । कैलालीमा दुई अटो आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–३ स्थित सडकमा सुपप्र ०१–००१ ह ३६६२ नम्बरको अटो र सुपप्र ०१–००१ ह ५८३४ नम्म्बरको अटो एकआपसमा ठोक्किदा एकजनाको मृत्यु भएको हो ।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सुपप्र ०१–००१ ह ५८३४ नम्म्बरको अटोमा सवार कञ्चनपुर कृष्णपुर नगरपालिका–७ बस्ने ६५ वर्षीया मनसिंहा रानाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते सोही अटोमा सवार एकजनाको अत्तरिया अस्पतालमा उपचार भइरहेको छ । दुवै अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया