काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध कोकिन तस्करीको प्रयासमा एक विदेशी युवती पक्राउ परेकी छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशेष प्रहरी टोलीले ब्राजिलियन युवती एमिल्ली मिकायले सान्तोष फेरेइरालाई पक्राउ गरेको हो ।
फेरेइराले लगाएको कालो रङ्गको ब्राभित्र कन्डममा प्याक गरेर लुकाएको अवस्थामा कोकिन बरामद गरिएको हो । ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी उनी भुटान जाने तयारीमा थिइन् । उनलाई लागुऔषध सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ।
उनको साथबाट १ किलो ९५० ग्राम कोकिन फेला परेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया