ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा सम्झना मृत्यु प्रकरणः छ दिनपछि अन्त्येष्टि

शुक्रबार २३, साउन २०८२ ०४:१६

धनगढी । कञ्चनपुरमा मृत फेला परेकी १७ वर्षीया सम्झना भट्टको छ दिनपछि अन्त्येष्टि गरिएको छ । आफ्नै कोठामा मृत भेटिएकी बेलडाँडी गाउँपालिका– २ सिहपाल टोलकी भट्टको शुक्रबार महाकाली नदीमा अन्त्येष्टि गरिएको हो । 

१८ साउनमा भट्ट झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । माइती पक्षले आत्महत्या नभई हत्या भएकाले परिवारका सदस्यमाथि छानबिन गरेर कारबाहीको माग अघि सार्दै आएको थियो । 

घटनाको सत्यतथ्य छानबिन गर्ने प्रहरीले आश्वासन दिएपछि अन्त्येष्टि गरिएको हो । प्रहरीले घटनाको अनुसन्धानको लागि श्रीमान् पवन, ससुरा हरि, सासू किरण र दिदीसासूलाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार सम्झना र पवनको प्रेम विवाह भएको छ महिना मात्रै भएको थियो ।  विवाहलगत्तै निरन्तर घरमा हुने झैझगडा कलहकै कारण सम्झनालाई गुमाउनुपरेको माइती पक्षको भनाइ छ । 

प्रतिक्रिया